काठमाडौं । गृहमन्त्री सुधन सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन गरेका छन् ।

जिल्ला प्रहरी परिसर भद्रकालीको स्थलगत अनुगमन गर्दै मन्त्री गुरुङले नागरिकमैत्री र पारदर्शी सेवा प्रदान गर्न निर्देशन दिए ।

उनले आवश्यक सहयोगका लागि सरकारलाई माग गर्न प्रहरीलाई आग्रह गरेका छन् । प्रहरीलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

मन्त्री गुरुङलाई त्यहाँबाट भइरहेका कामबारेमा परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी गराएका थिए ।