काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एमसीसी खारेजीको प्रस्ताव गरेका छन् ।
उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले राखेका धारणा बुँदागत रुपमा
–मनको विचारभन्दा पनि जनताले के का लागि यहाँ पठाएका हुन् भनेर बुँदागत रुपमा बाचन गरेर सुनाउन चाहन्छु ।
–हामी सबै देश बनाउन भनेर आएका हौँ । सबैभन्दा पहिला आफैँले आफैँलाई बदलौँ
–पहिलो बैठक १२ मिनेट ४६ सेकेन्ड र आजको बैठक १६ मिनेट ५५ सेकेन्ड ढिला भयो । प्रत्येक मिनेटको महत्व सदनले बुझोस् र हामी सबैले बुझौँ
–विभेदको अन्त्य गर्ने भन्ने सत्तापक्ष र प्रतिपक्षलाई समयमै विभेद गरिएको छ ।
–हामीलाई आफ्ना क्षेत्रका माग राख्न प्रशस्तै समय दिनुपर्छ ।
–म आफ्नो मनको कथा गाउन चाहन्न ।
–पृथ्वी रहुन्जेल देश रहनुपर्छ । स्वाधिनता, भूराजनीतिक सन्तुलन बचाइराख्न, एमसीसी खारेज गर्नुपर्छ ।
–छिमेकीले गरेका गतिविधिमा सरकारले निगरानी राख्नुपर्छ । सिमानाको रक्षामा नेपाल सेना खटाउनुपर्छ ।
– प्रत्यक्ष निर्वाचित हुनेगरी नीति तथा कार्यक्रम अघि बढोस्
– डिस्कोर्ड चलाएर स्कुल ड्रेसमा बालबालिका बोलाउने, २३ गतेको घटना घटाउने, भदौ २४ गते सरकारी भवन जलाउने मान्छेलाई पनि कारबाहीमा ल्याउन आयोग गठन गर्नका लागि हामी माग गर्दछौँ ।
–सबैभन्दा पहिला अघिल्लो सरकारमा रहेका सबै मन्त्री र सांसदको सम्पत्ति छानबिन हुनुपर्छ । हामीबाट सुरु हुनुपर्छ । हामीले नियम बनाउने हो भने हामीबाटै सुरु गर्नुपर्छ ।
–शिक्षालाई उत्पादन र आविष्कारसँग जोड्नुपर्छ । त्यसतर्फ सरकारले ध्यान दिओस् । हप्तामा तीन दिन थ्योरी पढ्ने बाँकी उत्पादनसँग जोडिने शिक्षा हुनुपर्छ
–खेतीको समस्या हल नगरी अन्य समस्या हल गर्न सक्दैनौँ ।
–एक पालिकामा एउटा उद्योग र एक घरमा एक रोजगार हुनुपर्छ । बन्द गरिएका उद्योग खोल्ने र नयाँ खोल्ने नीति हुनुपर्छ ।
–प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्न पाउनेगरी नियम कानुन बनाउनुपर्छ ।
–देशभरि शान्ति सुव्यवस्था हुनुपर्छ । खानेपानी, स्वास्थ्य सेवामा ध्यान दिनुपर्छ ।
–सरकारले हतारमा निर्णय गर्नुहुँदैन । प्रतिपक्षलाई पनि विश्वासमा लिएर निर्णय गर्नुपर्छ । वृद्धभत्ता, विद्यार्थी संगठन सम्बन्धमा गरिएका निर्णय फिर्ता हुनुपर्छ । जनताको घर भत्काउने काम बन्द गरिनुपर्छ ।उपत्यका बाहिर पनि नेपाल छ भन्ने बुझ्नुपर्छ ।








