काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा लाइभ स्ट्रीमिङ प्रभावित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्राविधिक समस्याका कारण सदनको लाइभ स्ट्रीमिङ प्रभावित भएको जानकारी दिए ।‘केही प्राविधिक समस्या भएकाले सदनको लाइभ स्ट्रीमिङ प्रभावित भएको छ,’ प्रवक्ता गिरीले रातोपाटीसँग भने, ‘कार्यव्यवस्था परामर्श महाशाखाबाट तत्काल समस्याको समाधान गर्न निर्देशन भइसकेको छ ।’
यसअघि प्रतिनिधि सभाको असार १८ गतेको बैठकमा पनि प्राविधिक समस्या देखिएको भन्दै लाइभ भएको थिएन ।







