२२ असार, काठमाडौं । सरकारले कृषि क्षेत्रसँग सम्बन्धित रहेर एकीकृत कृषि ऐन बनाउने तयारी गरेको छ । यसका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले विधेयक तयार पारेर अगाडि बढाएको छ ।‘कृषि विधेयक तयार गरी राय सुझावका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ,’ कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जानकारी दिइन् ।मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरूको राष्ट्रिय सभामा जवाफ दिने क्रममा उनले यसबारे जानकारी दिएकी हुन् ।नेपालमा उत्पा िदन कृषि उपजको न्यूनतम मुल्य तोक्ने, बजार सुनिश्चित गर्ने र निर्यात गर्ने वस्तुका सन्दर्भमा पनि सरकारले काम गरिरहेको उनले बताइन् ।