काठमाडौं– अमेरिकाले इरानमाथि तेस्रो चरणको आक्रमण गरेको घोषणा गरेलगत्तै खाडी क्षेत्रमा तनाव थप चर्किएको छ ।

इरानले बहराइन, कुवेत, जोर्डन र कतारमा आक्रमण गरेको दाबी गरेको छ भने संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणको प्रयास निष्क्रिय पारिएको जनाएको छ ।

अमेरिकाले इरानले हर्मुज जलमार्गमा साइप्रसको झन्डा बोकेको एक कन्टेनर जहाजमाथि आक्रमण गरेको आरोप पनि लगाएको छ ।

यसैबीच, इरानी सञ्चारमाध्यमहरूले बन्दर अब्बाससहित विभिन्न बन्दरगाह क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताएका छन् ।

आईआरजीसीले हर्मुज जलमार्ग अस्थायी रूपमा बन्द गरिएको घोषणा गर्दै अनुमति बिना आवतजावत गर्न खोजेको जहाजमाथि चेतावनीस्वरूप गोली प्रहार गरिएको जनाएको छ ।

उता, इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीले आफ्ना पिता अली खामेनीको हत्या भएको दाबी गर्दै त्यसको बदला लिने चेतावनी दिएका छन् ।