दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको पश्चिमी सहर भियाचास्थित एक सैन्य शिविरमा भएको भीषण विस्फोटमा १० भन्दा बढी व्यक्तिको ज्यान गएको छ भने कम्तीमा ५८ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार मृतकको कुल संख्या १० देखि १५ को बीचमा हुन सक्ने अनुमान गरिएको छ।
बोलिभियाका रक्षा मन्त्री अर्नेस्टो जस्टिनियानोले घाइते हुनेहरूमा अधिकांश सर्वसाधारण नागरिक रहेको र बाँकी सुरक्षाकर्मीहरू रहेको जानकारी दिएका छन्।



