बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा खानेपानी आपूर्तिमा समस्या आएपछि समाधानमा सम्बद्ध निकाय क्रियाशील भएका छन् । बाढीले खानेपानीका मुहान, पाइप लाइन र पानी तान्ने संरचनामा क्षति पु-याएपछि समस्या आएको हो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाल (फेडवासन) का अध्यक्ष राजेन्द्र अर्याल विपत्का बेला सुरक्षित खानेपानी, नागरिकको आधारभूत आवश्यकता भएकाले राहत र पुनस्र्थापनासँगै खानेपानी तथा सरसफाइलाई प्राथमिकतामा आवश्यक भएको बताउनुहुन्छ । अध्यक्ष अर्यालका अनुसार स्थलत अनुगमनका क्रममा बाढीले खानेपानीका मुहान, पाइपलाइन र पानी तान्ने संरचनामा क्षति पु-याएको छ । विदुर नगरपालिका क्षेत्रमा करिब पाँच हजार घरधुरीलाई खानेपानी सेवा दिँदै आएको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको फलाखुखोलाबाट ल्याइएको करिब चार किलोमिटर पाइपलाइनमा क्षति पुगेको छ