डार्क म्याटर एउटा यस्तो अदृश्य पदार्थ हो जसले ब्रह्माण्डलाई जोडेर राखेको बताइन्छ। साउथ डकोटाका वैज्ञानिकहरूले यसको नयाँ सङ्केत फेला पारेका हुन सक्छन्।

अमेरिकाको साउथ डकोटास्थित ब्ल्याक हिल्सको गहिराइमा रहेको पुरानो सुन खानीमा एउटा असामान्य कणको प्रतिक्रिया उत्पन्न गर्न तरल जेननको ट्याङ्की प्रयोग गरिएको छ, जसको सम्बन्ध ‘डार्क म्याटर’सँग हुन सक्छ।