काठमाडाैँ ।सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्बासी बस्ती भत्काउन सुरु गरेको छ ।

पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती भत्काएको सरकारले आजदेखि दोस्रो चरणको काम अघि बढाएको जनाएको छ ।