दशैंमा प्राय व्यस्त रहने विभाग हो, नाक, कान तथा घाँटीरोग विभाग । किनभने अरू समयभन्दा यो बेला मासुको हड्डी अड्किएर आउने बिरामीको चाप बढ्ने गर्छ । दशैंमा लगातार मासुका परिकार पाक्नु सामान्य हो । होस नपुर्‍याउँदा राम्रोसँग चपाएर नखाँदा जोखिम बढ्न सक्छ ।

मासुको हड्डी अड्किएर अस्पताल आउनेमा वयस्कसँगै ज्येष्ठ नागरिक पनि हुन्छन् । मासु खाँदा मदिरा पिउने र खानामा भन्दा कुराकानी वा मोबाइलमा बढी ध्यान दिने व्यक्तिमा असावधानीका कारण यस्तो समस्या हुन सक्छ ।