भोजपुर । भोजपुर नगरपालिका वडा नम्बर ३, गुप्तेश्वरका प्राथमिक शिक्षक ज्ञानबहादुर खडका पेन्सन पट्टा बनाउन काठमाडौं जानु पर्ने अवस्थामा थिए । तर शिक्षा विकास तथा समन्वय इकाईबाट नै ई-पेन्सन पट्टाको व्यवस्था सुरु भएपछि उनी सहितका शिक्षकलाई राहत मिलेको छ ।
जनज्योति आधारभूत विद्यालयबाट अवकाश शिक्षक खडकालाई इकाईले पहिलो ई-पेन्सन पट्टा उपलब्ध गराएको थियो । सामुदायिक विद्यालयका शिक्षकहरूका लागि भोजपुरमा ई–पेन्सन पट्टा दिन सुरु गरिएको हो ।








