कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले लामो समयदेखि अलपत्र रहेका १९ वटा विकास आयोजनाको काम सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने तर काम गर्ने आधारबिना ठेक्काको म्याद थप नगर्ने स्पष्ट पारेका छन् ।
शुक्रबार बिहान ११ बजे भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको आयोजनामा भएको छलफलमा मुख्यमन्त्री शाहीले सरकारको उद्देश्य निर्माण व्यवसायीसँग ठेक्का तोड्नु नभई उनीहरूबाटै आयोजना सम्पन्न गराउनु रहेको बताए ।








