काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुखसँग आज भारतीय फिल्मकी प्रख्यात अभिनेत्री सवाना र जापानका फिल्म निर्देशक ताकायुकी नाकामुराको भेटघाट भएको छ । काठमाडौं महानगरपालिकाको निमन्त्रणामा ‘काठमाडौं फिल्म फेस्टिभल’का लागि आएकी आजमी र निर्देशक ताकायुकीको भेट भएको हो ।
भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले फिल्म फेस्टिभलका बारेमा जानकारी दिँदै भनिन्, ‘कथा सुनाउने काठमाडौंको प्राचीन संस्कृति हो । डवलीमा देखाइने नाटक, देव नृत्य, फल्चामा गाइने दाफा, संयुक्त परिवारभित्र हजुरबाले नाति नातिनासँग सुनाउने दन्त्य कथा, लोक कथा तथा पौराणिक कथा सबै कथा सुनाउने, सन्देश र मनोरञ्जनका परम्परागत माध्यम हुन् । आधुनिकतासँगै यी प्रचलनमा कमी आउन थालेपछि हामीले काठमाडौँ फिल्म फेस्टिभल आयोजना गरेर कथा भन्ने संस्कारलाई युवा र फिल्मसँग जोड्न खोजेका हौँ ।’








