शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डेनबीच भेटवार्ता भएको छ । आज सम्पन्न भेटमा दुई देशबीचको शैक्षिक सहकार्य तथा खेलकुद कूटनीतिका विविध आयामबारे छलफल भएको छ ।

भेटका क्रममा कार्यवाहक राजदूत बोल्डेनले फुलब्राइट लगायत अमेरिकाका विभिन्न शैक्षिक आदानप्रदान (एक्सचेन्ज) कार्यक्रमहरूमा सहभागी भई स्वदेश फर्केका नेपालीहरूको योगदानको प्रशंसा गरिन् । ती कार्यक्रममार्फत हासिल गरेको अमेरिकी शैक्षिक उत्कृष्टतालाई नेपाली नागरिकहरूले स्वदेश फर्किएर यहाँको शिक्षा क्षेत्रको विकासमा प्रभावकारी रूपमा उपयोग गरिरहेको विषयलाई उनले जोड दिएकी थिइन् ।