बिहिबार,भाद्र ९,२०७९
काठमाडाैँ : नेपाललाई भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने वनस्पति तेल तथा घिउको एक्कासि निर्यात घटेको छ ।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भटमास तथा सूर्यमुखी तेलको निर्यात ठुलो परिणाममा घटेको छ भने औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग हुने पाम आयलको निर्यात भने भन्सार विभागका अनुसार बढेको छ । यो अवधिमा अघिल्लो साउनको तुलनामा भटमास तेलको निर्यातमा ७ अर्ब ३९ करोड २ लाख रूपैयाँ कमी आएको छ ।