काठमाडौं

कारमा चढेको बेला सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई प्रहरीले जरिवाना लगाएको छ।लंकाशायर प्रहरीले सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा प्रधानमन्त्री सुनकले चलिरहेको कारमा सिटबेल्ट नलगाएपछि सशर्त जरिवाना लगाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।सिटबेल्ट नलगाउने यात्रुलाई बेलायतमा १०० पाउण्ड जरिवाना गर्न सकिन्छ।यदि,मुद्दा अदालतमा पुग्यो भने उक्त जरिवाना ५ सय पाउण्डसम्म बढ्नसक्छ ।

इङ्गल्याण्डको उत्तरी यात्राको क्रममा रहेका बेला प्रधानमन्त्री सुनक भिडियो खिचिरहेको बेला लंकाशायरमा थिए।त्यहाँका प्रहरीलाई उदृतगर्दै रोयटर्सले जनाएअनुसार सुनकले आफूले गल्ती गरेको स्वीकार गर्दै माफीसमेत मागेका छन्।यद्यपि,उनले जरिवाना भने तिर्नुपर्नेछ।बेलायतमा बहालवाला प्रधानमन्त्रीलाई जरिवाना गरिएको यो दोस्रोपटक हो।यसअघि गत अप्रिलमा तत्कालीन प्रधानमन्त्री बोरिस जोनसन र श्रीमती क्यारीले कोभिड लकडाउनका नियमहरु तोडेको भन्दै जरिवाना गरिएको थियो।