काठमाडाैं,

बिहिबार नेपाली बजारमा सुनकाे मुल्य एक हजार रूपैँयाले  घटेकाे छ। आज छापावाल सुनकाे मुल्य एक लाख ८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। तेजाबी सुनकाे मुल्य ताेलामा १ लाख ८ हजार ३०० रूपैँया कायम भएकाे छ।

अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला १३५७.५० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी १३६० रुपैयाँमा कारोबार भएको थियो।