काठमाडाैं,१४ जेठ

नेपाली बजारमा सुनकाे मुल्य २ सय रूपैँयाले घटेकाे छ। आज छापावाल सुनको मूल्य तोलामा एक लाख ८ हजार एक सय रुपैयाँ रहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। तेजाबी प्रतितोला एक लाख ७ हजार ६ सय रुपैयाँ रहेको छ।

आज चाँदीको भाउ भने बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ।