१५ जेठ,काठमाडाैं

नेपाली बजारमा आज साेमबार सुनचाँदीकाे मुल्य स्थिर रहेकाे छ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

यस्तै, तेजावी सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता ,चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको महासंघले जनाएकाे छ।