२४ जेठ,काठमाडाैं

शेयर बजार आज बुधवार सामान्य बढेको छ । हिजो मङ्गलवार २५.६६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ४.६८ बढेर १९३२.३३ अङ्कमा पुगेको छ ।

आज व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ । आज कारोबार रकम पनि बढेको छ । दुई सय ६१ वटा कम्पनीका ६५ लाख ६१ हजार कित्ता शेयर दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् ।

१० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोल्टी होटल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नागरिक लगानी कोष परेका छन् ।