२५ जेठ, काठमाडाैं

नेपाली बजारमा आज (बिहिबार) सुनकाे मुल्य १ हजार रूपैँयाले घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।