३० जेठ, काठमाडाैं
आज मङ्गलबार सुनकाे मुल्य ३०० रूपैँयाले बढेकाे छ। आज सुनकाे मुल्य प्रतिताेला ३०० रूपैँया बढेर एक लाख १२ हजार सात सय रूपैँयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
तेजावी सुनको मुल्य प्रतितोला एक लाख १२ हजार १५० रूपैयाँ कायम भएको छ ।सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँ बढेर एक हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४४५ रूपैयाँमा कारोबार भएको थियो ।








