काठमाडाैं, असार १० गते। हप्ताकाे पहिलाे दिन (आइताबार) शेयर बजार उच्च अंकले बढेकाे छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का  अनुसार आज बजार ६२.२१ अंकले बढेको हो । ३.०३ अंकले बजार बढ्दा नेप्से २११७.७३ अंकमा पुगेको छ ।

आज २७० कम्पनीका १ करोड ४७ लाख ५१ हजार २ सय ४७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६ सय ६५.८९ रुपियाँ बराबरको कारोबार भएको हो ।

विभिन्न १२ कम्पनीका शेयर लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । एनलाईसी नेपाल, हिमालयन लाइफ, एनएमबी५० र सामलिङ पावकार लगानीकर्ताहरुले १०–१० प्रतिशत नाफा कमाएका हुन् ।