काठमाडाैं,
सुनको मूल्य आज २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने १० रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।