काठमाडाैं, १३ असार
साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। नेप्से आज ३५.५७ अंकले घट्दा २१५०.९९ को विन्दुमा कायम भएको छ।
२८० सूचीकृत कम्पनीको १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज एक सूचक बाहेक सबै राताम्मे भएको छ। आज जीवन बीमा क्षेत्रको उपसूचकमा मात्रै हरीयाली छाएको छ। जीवन बीमाको उपसूचक २.४६ प्रतिशतले बढेको छ।