काठमाडाैं,२१ असार

बिहीबार सेयर बजारमा सामान्य गिरावट भएको छ। बुधबार दोहोरो अंकले टेको पुँजीबजार बिहीबार भने सुधार नभए पनि ०.०६ अंकले घटेको छ।

सूचीकृत कम्पनीहरुमध्ये ९० कम्पनीको मूल्य बढेको छ भने १२७ कम्पनीको मूल्य भने घटेको छ।  कारोबार रकम भने ३ अर्ब माथिको रहेको छ।

उपसूचकतर्फ भने मिश्रित मूल्य घटबड भएको छ। होटल उपसूमह ८० अंकले बढेको छ। त्यस्तै, हाइड्रोको २१, जीवन बीमा १०, उत्पादन ३१ अंकले बढेको छ। यस्तै, बैंकिङ ३.६१, निर्जीवन बीमा २२, लघुवित्त ७.८९ अंकले घटेको छ।