काठमाडाैं, २५ असार
सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनकाे मुल्य स्थिर भए सँगै चाँदिकाे मुल्य पनि स्थिर रहेकाे छ। आइतबार प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।








