काठमाडाैं, २७ असार

नेपाली बजारमा बुधबार सुनको मुल्य ३०० रूपैँयाले बढेकाे छ।

छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले वृद्धि भई १ लाख ११ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

साथै तेजाबी सुन भने प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।