काठमाडाैं,२९ असार

साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य सामान्य बढेको छ ।

आज छापावाल सुन तोलामा एक सय रूपैयाँ बढेर एक लाख १२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएकाे छ ।आज तेजावी प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।