काठमाडाैं, ७ साउन

साताकाे पहिलाे काराेबारका दिन नेपाली बजारमा सुनकाे मुल्य ५ सय रूपैँयाले घटेकाे छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज ताेलामा १ लाख १२ हजार ३०० रूपैँयामा कायम भएकाे छ।

साथै तेजाबी सुन १ लाख ११ हजार ७५० रूपैँया कायम भएकाे महासंघले जनाएकाे छ।

यस्तै आज सुनकाे मुल्य घट्नुका साथै चाँदीकाे मुल्य ताेलामा १५ रूपैँयाले घटेर १ हजार ४६५ रूपैँया कायम भएकाे छ।