काठमाडाैं,७ साउन
आज आइतवार शेयर बजार उच्च अङ्कले बढेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएको दिन आज बजार उच्च अङ्कले बढेको हो
आज नेप्से सूचकांक ६३.२४ अंकले बढेर २ हजार २२७.१६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत कुल २६६ कम्पनीहरुको १ करोड २० लाख कित्ता शेयर किनबेच हुँदा चार अर्ब ३७ करोड ५१ लाख ९६ हजारको कारोबार भएको छ ।
नेप्से उच्च अंकले बढेसँगै सबै उपसूचकमा हरियाली छाएको छ । आज सर्वाधिक बैंकिङ उपसूचक र विकास बैंक सूचांक क्रमशः ४.९८ र ४.७८ प्रतिशतले बढेको छ ।
त्यस्तै ट्रेडिङ उपसूचक ४.१० प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट उपसूचक र होटल तथा पर्यटन उपसूचक क्रमशः ३.४६ र ३.०५ प्रतिशतले बढेका छन् ।