काठमाडौं,२३ साउन

आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन तोलामा एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन तोलामा एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।