काठमाडौं,२४ साउन

साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ४१.०६ अंकले बढेर २०६०.९१ विन्दुमा पुगेको हो।

आज (बुधबार) २६५ कम्पनीको ५० लाख १० हजार ७१६ कित्ता सेयर १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को बढ्यो भने १ को मात्रै घट्यो।

सेयर बजार दोहोरो अंकले बढेपनि आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कारोबार रकमका आधारमा आईएमई इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। यो कम्पनिको १५ करोड बढि मुल्यको सेयर कारोबार भयो।