काठमाडौं,२६ साउन

आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य २०० रूपैयाँले घटेको छ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार १०० रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, चाँदीको मुल्य ५ रूपैयाँले घटेको महासंघले जनाएको छ। बिहीबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १३ सय ७५ रुपैयाँ पुगेको हो ।