काठमाडौं । सुनको मूल्य तोलमा एक हजार रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला कारोबार मूल्य ८९ हजार ७ सय रुपैयाँ रहेको छापावल सुनको भाउ आइतबार ९० हजार ७ सय रुपैयाँ पुगेको र तेजावी सुनको प्रतितोला मूल्य ९० हजार दुई सय रुपैयाँ नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि तोकेको छ ।
शुक्रबार ८९ हजार २ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको तथा चाँदीको मूल्यमा पनि आइतबार तोलामा २० रुपैयाँको बृद्धि देखिएको छ । शुक्रबार एक हजार १८५ रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आइतबारको मूल्य एक हजार २०५ रुपैयाँ छ ।