काठमाण्डाैँ,

सुन र चाँदीकाे भाउ लगातार बढ्दै गएकाे छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो।

आइतबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जानकारी दिएका छन्। त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख तीन हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्यमा पनि वृद्धि भएकाे देखिन्छ। यस्तै अघिल्लो दिन प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर आज १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।