काठमाण्डाैँ,

चैत २ गते बिहिबार सुनकाे मुल्य ताेलामा १ हजारले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अाज बिहिवार ताेलामा १ हजारले बढेकाे सुनकाे मुल्य १ लाख ६ हजार ७०० पुगेकाे छ।अघिल्लो कारोबार दिन बुधबार प्रतितोला सुन १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यतापनि सुनकाे मुल्य बढे सँगै चाँदीकाे मुल्य पनि बढेकाे छ।आज ५ रूपैँयाले बढेर प्रतिताेला चाँदीकाे मुल्य १ हजार ३०५ रूपैँयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी  महासंघले जानकारी दिएका छन्।