काठमाण्डाैँ,
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ।
दिउँसो १ बजेसम्म महासंघको एसोसिएटतर्फ २० प्रतिशत मतदान भएको निर्वाचन समितिले जनाएकाे छ। एसोसिएटतर्फ जम्मा १ हजार ७४८ मतदान रहेका छन्।त्यसमध्ये अहिलेसम्म २० प्रतिशतले मतदान गरिसकेकाे समितिले जनाएको छ। महासंघको निर्वाचनमा कुल १ हजार ९५३ मतदाता सहभागी छन् ।








