२२ जेठ,काठमाडाैं

सोमबार नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६७२ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार सोही अवधीमा ५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

५ जना कोरोना संक्रमण बाट मुक्त भएसँगै सक्रिय संक्रमितको संख्या १४ मा झरेको छ ।