काठमाण्डाैँ,

स्वतन्त्र विधार्थी युनियन स्ववियु काे निर्वाचनमा माेरङका चार वटा क्याम्पसमा अनेरास्ववियु विजयी भएकाे छ। डिग्री क्याम्पस विराटनगर ,विराटनगर नर्सिङ क्याम्पस , लेटिङ बहुमुखी क्याम्पस, रमाइलाे बहुमुखी क्याम्पसमा अनेरास्ववियु जितेका छन्।

उर्लाबारी बहुमुखी क्याम्पस र पथरी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी भएको छ।डिग्री क्याम्पस विराटनगरको सभापतिमा  अखिल क्रान्तिकारीका उम्मेदवार शशि यादवलाई पराजित गर्दै अनेरास्ववियुका निर्मल गजुरेल निर्वाचित भए।

नेविसंघ उम्मेदवार स्मारिका बराललाइ पराजित गर्दै विराटनगर नर्सिङ क्याम्पसकाे सभापतिमा अनेरास्ववियु उम्मेदवार प्रशंशा पाैडेल विजय भएकी छिन्। यस्तै नर्सिङ क्याम्पसकाे सचिवमा अनेरास्ववियुकी मनिषा श्रेष्ठ विजयी भएकी छिन्।