काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्न एमबीएल स्मार्ट लोन सेवा अब क्यूआर व्यापारीसम्म पुर्‍याएको छ ।

विभिन्न नेटवर्कमा आबद्ध क्यूआर मर्चेन्टहरूलाई लक्षित गर्दै क्यूआर मर्चेन्ट एमबीएल स्मार्ट लोन सेवाको सुरुवात गरेको हो । डिजिटल बैंकिङको क्षेत्रमा नवीनतम प्रविधि सञ्चालन गरी आफ्ना ग्राहकहरूलाई छिटो छरितो र प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले क्यूआर मर्चेन्टहरूको वित्तीय आवश्यकतालाई मध्यनजर गरी उक्त कर्जा सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यस सेवामार्फत स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई बिनाधितो सहज र सरल तरिकाले एमबीएल एम–स्मार्ट एप मार्फत नै कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

डिजिटल माध्यमबाटै कर्जा स्वीकृति हुने भएकाले समयको बचत हुनुका साथै सेवा प्राप्ति अझ सहज र पारदर्शी हुने बैंकले विश्वास लिएको छ ।