नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले आफू पद माग्न विशेष महाधिवेशनको पक्षमा नउभिएको बताएका छन् । सभालाई सम्बोधन गर्दै उनले कसैले पनि स्वार्थको पोको बोक्न नहुने र हरेक ठाउँको अवसर युवाको हातमा सुम्पिनुपर्ने धारणा राखे ।

उनले जेन–जी आन्दोलनपछि मुलुक जटिल अवस्थामा पुगेको भन्दै पार्टीभन्दा माथि उठेर सोच्न आग्रह गरेका छन् ।

‘हामीलाई व्यक्तिगत रूपमा नपाएर केही फरक पर्दैन । तर, पार्टी कमजोर हुन्छ,’ उनले भने, ‘युवालाई हरेक ठाउँमा ल्याउनुपर्छ र जिताउनुपर्छ ।’

नेता श्रेष्ठले कांग्रेस कमजोर हुँदा देश कमजोर हुने भन्दै पार्टीको हितका लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुनुपर्ने धारणा राखे ।