काठमाडौं– एमाले सचिव महेश बस्नेतले रास्वपा सभापति रवि लामिछानेबारे सरकारले गर्न लागेको निर्णय भनी पूर्वानुमानका आधारमा टिप्पणी गरेका छन्।
जेनजी विद्रोहपछि अझ धेरै सामाजिक सञ्जालमा सक्रिय भएका उनले लामिछाने, रास्वपाका बरिष्ठ नेता बालेन शाहलगायतलाई कटाक्ष गर्ने र चिन्ता जताउने काम गरिरहेको पाइन्छ।
पछिल्लो पटक सामाजिक सञ्जालमा टिप्पणी गरेका उनी लेख्छन्–
सहकारी ठगीको अभियोग कायमै राखेर सांसद पद जोगिने तर सांसद स्वतः निलम्बन हुने मुद्दा मात्रै हटाउने प्रयासले विदेशी दबाब र प्रभावमा बनेको वर्तमान सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएको छ।
यो प्रक्रिया न्याय होइन, अपराध लुकाउने षड्यन्त्र हो। अपराध स्वीकारेको अवस्था देखिएका रवि लामिछाने र उनको पार्टीका संरक्षक सुशिला कार्कीसमेतको संरक्षणमा सरकार स्वयं ढाल बनेको स्पष्ट छ।
यस्तो चलखेल लोकतन्त्र, विधिको शासन र न्याय प्रणालीका लागि अत्यन्तै खतरनाक छ। अब जनदबाब र स्वतन्त्र न्यायालयको दृढ तथा निष्पक्ष भूमिका अपरिहार्य भइसकेको छ।








