स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ७७ हजार २०० रुपैयाँ त्यति नै चाँदीको मोल ५ हजार ६४५ रुपैयाँ कायम भएको छ । बिहीबार एक तोला सुन २ लाख ७६ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार एक तोला सुन २०७८ हजार र त्यति नै चाँदीको मूल्य ५ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार एक तोला सुन २ लाख ७६ हजार ५०० रुपैयाँ र त्यति नै चाँदीको मूल्य ५ हजार ३४० मा कारोबार भएको थियो ।
गत आइतबार प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन हिजो तोलामा ४ हजार १०० रुपैयाँले बढेर २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६१५ र त्यति नै परिमाणको चाँदी ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








