सरकारले आइतबार १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण परिचालनको अल्पकालीन औजार ट्रेजरी बिलमार्फत सार्वजनकि ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ परिचालन गर्ने भएको हो ।

२८ दिने ट्रेजरीमार्फत कार्यालयले ५ अर्ब रुपैयाँ नवीकरण गर्ने र थप ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गर्ने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।

यसअघि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २१ पुसमा १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।