काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठकमा जाने भएका छन्।
आज दिउँसो २ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्दै छ। केन्द्रीय समितिको बैठकमा बालेन उपस्थित हुन लागेको रास्वपा प्रवक्ता मनीष झाले बताए।
गत पुस १३ मा रास्वपा सभापति रवि लामिछाने र बालेनबीच सहमति भएको थियो। त्यसपछि उनलाई रास्वपाले केन्द्रीय सदस्य मनोतिन गरेर दोस्रो वरीयता प्रदान गरेको थियो।बालेन रास्वपाको केन्द्रीय कार्यालय घन्टीघर उपस्थित हुँदा रास्वपाको र्यापिड एक्सन टिम (आरएटी)का कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ।
आरएटी रास्वपाको भ्रातृ संगठन हो। यसलाई यसअघि विपद प्रतिकार्यका काममा परिचालन गरिने गरिएको थियो।







