काठमाडौं । नेपाल बैंक र ब्ल्याक हर्स इन्डस्ट्रिजबीच सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार बैंकमा खाता रहेका ग्राहक र कर्मचारीलाई उक्त कम्पनीका उत्पादनमा १० देखि २० प्रतिशतसम्म छुट दिइने भएको छ ।

काठमाडौंका नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इन्डस्ट्रिजले उत्पादन र बिक्री गर्ने ‘ब्ल्याक हर्स’ ब्रान्डका विभिन्न किसिमका जुत्ताको खरिदमा छुट हुने व्यवस्था गरिएको हो ।

छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्सका तर्फबाट प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यसबाट नेपाल बैंकमा खाता रहेका ग्राहक र बैंकमा कार्यरत कर्मचारीले ब्ल्याक हर्स ब्रान्डका जुत्ता सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।