धरानका मेयर हर्कराज साम्पाङले प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बन्न आइतबार (माघ ४) राजीनामा दिने तयारी थियो ।
साम्पाङले मध्याह्न साढे १२ बजेतिर कार्यालय आउने भन्दै उपमेयर अइन्द्रविक्रम बेघालाई टेलिफोनमार्फत जानकारी गराएका थिए ।
तर, ४ बजेसम्म मेयर साम्पाङ कार्यालय नआएपछि बेघा फर्किएका छन् ।
बेघाले भने, “उहाँले अब उमेदवार बन्छु होला, म आउँछु होला भन्दै फोन गर्नुभएको थियो, दिनभर पर्खिएर बसेँ, तर आउनुभएन ।”
बेघाका अनुसार अढाई बजेतिर फेरि आउँछु भन्दै टेलिफोन गरेका साम्पाङको त्यसपछि फोन आएन । कार्यालय समय सकिएकाले आफू फर्किएको बेघाले सुनाए ।
श्रम संस्कृति पार्टी खोलेर प्रतिनिधिसभा चुनावमा भाग लिने घोषणा गरेका साम्पाङले मेयर पदबाट राजीनामा दिने यसअघि नै घोषणा गरेका थिए ।
उनी चुनावी अभियानमा सक्रिय भइसकेका छन् ।
साम्पाङले राजीनामा दिन आउँछु भनेपछि धरान उपमहानगरपालिकाको कार्यालयमा उनलाई कुरेर पत्रकारहरूसमेत दिनभर बसेका थिए ।
उता, आजै काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) ले भने आइतबार नै दिएका छन् ।








