नेकपा एमालेले नवलपरासीको क्षेत्र नम्बर २ मा लेखनाथ खरेललाई उम्मेदवार बनाएको छ ।

यसअघि टिकट पाएका जिल्ला समन्वय प्रमुख भगौती यादव अनिच्छुक भएपछि खरेललाई उम्मेदवार बनाइएको हो । खरेल जिल्ला कमिटीका सचिवालय सदस्य हुन् ।

नेकपा एमाले नवलपरासी अध्यक्ष दिपेन्द्र अधिकारीले यसअघि टिकट पाएका यादव आफैँले चुनाव नलड्ने भनेकाले खरेललाई उम्मेदवार बनाउन टिकट आएको जानकारी दिए । यहाँबाट वैजनाथ चौधरीलाई उम्मेदार बनाउन एकल सिफारिस भएपछि केन्द्रले भगौतीलाई उम्मेदवार बनाएको थियो ।