ललितपुर क्षेत्र–२ को उमेदवारी दर्ताका लागि दलहरूलाई समय निर्धारण गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले समय तोकेको हो ।

राष्ट्रिय जनमुक्ति पार्टीलाई सुरुवातको समय तोकिएको छ भने नेपाली कांग्रेसलाई अपराह्न ४–५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

निर्वाचन अधिकृत सम्झना सिंखडा पुडासैनीले एक उमेदवारसँग जम्मा ५ जनालाई मात्रै दर्तास्थलमा प्रवेश गर्ने जानकारी दिइन् ।

समर्थक–प्रस्तावकसहित पाँच जनालाई प्रवेश दिइने उनको भनाइ छ ।

निर्वाचन आचारसंहिता अनुसार २५ जनाभन्दाबढी उमेदवारी दर्तामा जान पाइँदैन ।